काठमाडौं : अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको पहिलो खेलमा नेपाल नर्थन टेरिटोरी (एनटी) स्ट्राइकसँग ४२ रनले पराजित भएको छ।
१७८ रनको लक्ष्य पछ्याउँदै नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन मात्र जोड्न सकेको हो । नेपालका लागि कुशल मल्लले २५ बलमा ३४ रन बनाए भने कप्तान रोहित पौडेलले २३, गुल्सन झाले २६ र दिपेन्द्र सिंह ऐरीले १९ रन जोडे। सुरुवाती पावरप्लेमा ३ विकेट गुमाउँदै २५ रनमा सीमित भएको नेपालले मध्यक्रममा समेत लय कायम राख्न सकेन। एनटी स्ट्राइकका म्याट ह्यामोन्डले ३ विकेट लिए भने केन रिचार्डसन र टम एन्ड्रिजले समान २–२ विकेट हात पारे।
यसअघि ब्याटिङ गरेको एनटी स्ट्राइकका डार्सी शर्टले ५१ रनको अर्धशतक प्रहार गर्दै टोलीलाई १७७७ को योगफलसम्म पुर्याए। टम एन्ड्रिज ३२ रनमा अविजित रहे। नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिँदा साहब आलमले २ विकेट लिए। नेपालले सिरिजको दोस्रो खेल शनिबार दिउँसो बंगलादेश ‘ए’ विरुद्ध खेल्नेछ। प्रतियोगितामा ११ टोलीको सहभागिता छ।