काठमाडौँ : नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित चार जना केन्द्रीय सदस्यको शपथ ग्रहण रोकिएको छ। अदालतमा मुद्दा विचाराधीन रहेका कारण नवनिर्वाचित केन्द्रीय सदस्यहरू सन्तोष चालिसे, विनीता खड्का, मोहन बस्नेत र उमेशचन्द्र यादवलाई तत्काल शपथ नगराइने भएको हो।
कांग्रेसका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो २ बजे शपथ ग्रहण कार्यक्रम तय छ। खड्का विजयी भए पनि निर्वाचन समितिले आधिकारिक घोषणा गर्न बाँकी छ। अदालतबाट सफाइ पाएपछि मात्र उनीहरूले जिम्मेवारी पाउने कांग्रेस स्रोतले जनाएको छ।
यसैबीच, ३५ वर्षमुनिको क्लस्टरबाट निर्वाचित सुशील भट्टको उमेर ३६ वर्ष पुगिसकेको दाबी गर्दै उम्मेदवार सौगात थापाले निर्वाचन आयोगमा उजुरी दिँदै उनको पनि शपथ रोक्न माग गरेका छन्। मुद्दा र विवादका कारण शपथ तालिका प्रभावित बनेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |