धनकुटा : भोजपुरको हतुवागढीबाट सुनसरीको चतरातर्फ जाँदै गरेको पानीबोट आइतबार दिउँसो धनकुटाको साँगुरीगढी गाउँपालिका–१०, त्रिवेणीस्थित सप्तकोसीमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता छन्।
ब्रेक फेल भएर अनियन्त्रित भएको उक्त बोटमा चालकसहित १५ जना सवार थिए। दुर्घटनालगत्तै प्रहरीले १२ जनाको उद्धार गरी उपचारका लागि चतरा अस्पताल पठाएकोमा तीनजनाको उपचारका क्रममा मृत्यु भएको हो।
मृत्यु हुनेमा सुनसरी बराहक्षेत्र-१ की ५२ वर्षीया लीला राई रहेकी छिन् भने अन्य दुई ९एक बालिका र एक पुरुष० को पहिचान खुल्न बाँकी छ। घटनामा झापा कन्काईका ७ वर्षीय शिवक मगर, सुनसरी बराहक्षेत्रकी २१ वर्षीया प्रमिला मगर र २२ वर्षीया मनु राई बेपत्ता भएका छन्।
चालक सुमन मगरसहित अन्य ९ जनाको उद्धार गरिएको छ। बेपत्ताहरूको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरी नदी क्षेत्रमा तीव्र खोजबिन भइरहेको प्रहरीले जनाएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |