काठमाडौँ : जीवनयापनको उच्च लागतविरुद्ध फ्रान्समा भएको प्रदर्शन हिंसात्मक बन्दै गएको छ। आन्तरिक मन्त्रालयका अनुसार शुक्रबार र शनिबार भएको प्रदर्शनका क्रममा प्रहरीले १ हजार ३१४ जनालाई पक्राउ गरेको छ।
प्रमुख सहरहरूमा भड्किएको हिंसाका कारण ५३ जना प्रहरी घाइते भएका छन् भने २४ वटा पसलमा लुटपाट मच्चिएको छ। साथै, प्रहरीले ७५ वटा आगजनीका घटना नियन्त्रणमा लिएको छ। सप्ताहन्तमा भएको यो लगातारको दोस्रो अशान्तिले आगामी अप्रिल–मे महिनामा हुने राष्ट्रपति निर्वाचनको सुरक्षा र नेतृत्व चयनलाई समेत प्रभावित पार्ने देखिएको छ।
शनिबार रातिस्थिति केही शान्त भए पनि प्रदर्शनकारीहरूले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्। झडपका क्रममा टुलुज र क्लर्मोन्ट–फेरान्डमा दुई प्रदर्शनकारी गम्भीर घाइते भएका छन्। एक युवकको हातका औँलाहरू गुमेको तथा पोइतियर्समा एक व्यक्तिको आँखामा गम्भीर चोट लागेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको मन्त्रालयले जनाएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |