


काठमाडौँ : सेयर बजारमा लगातार दोस्रो कारोबार दिन पनि गिरावट देखिएको छ। बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९.६७ अंकले घटेर २६ सय ०१.९२ विन्दुमा झरेको हो। परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
बिहीबार ३६१ कम्पनीका ८७ लाख ५१ हजार ३८० कित्ता सेयर ४ अर्ब ६१ करोड १९ लाख रुपैयाँभन्दा बढीमा किनबेच भएका छन्। अघिल्लो कारोबार दिन बुधबार ३०.०९ अंकले बजार घट्दा ४ अर्ब ८२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
यसदिन कारोबारमा आएका कम्पनीमध्ये ४२ वटाको सेयर मूल्य बढ्दा २२९ वटाको घटेको छ भने ६ वटाको मूल्य स्थिर रह्यो। उपकार लघुवित्त वित्तीय संस्थाको सेयर १२.६८ प्रतिशतले बढेर सर्वाधिक लाभ कमाउनेमा रहँदा स्नो रिभर्सको सेयर ११.७६ प्रतिशतले उकालो लागेको छ।
कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६र८७ अग्रस्थानमा रह्यो। बजारमा सूचीकृत अधिकांश समूह दबाबमा रहँदा समग्र लगानीकर्ता मनोबल कमजोर देखिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |