


काठमाडौँ : दुई गोलले पछि परेको अवस्थाबाट खेलको अन्तिम १३ मिनेट १५ सेकेन्डमा तीन गोल फर्काउँदै अर्जेन्टिनाले इजिप्टमाथि ३-२ को रोमाञ्चक जित निकालेको छ। हारको संघारमा पुगेको अर्जेन्टिनाले अन्तिम समयमा देखाएको आक्रामक खेलसँगै फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा स्थान बनाएको हो।
इजिप्टले १५औँ मिनेटमा यसर इब्राहिमको गोलबाट अग्रता लिएको थियो। दोस्रो हाफको ६७औँ मिनेटमा मोस्तफा जिकोले गोल थपेपछि अर्जेन्टिना २-० ले पछि परेको थियो। त्यसपछि ७९औँ मिनेटमा रोमेरोले गोल गर्दै पुनरागमनको संकेत दिए।
पहिलो हाफमा पेनाल्टी गुमाएका लियोनेल मेसीले ८३औँ मिनेटमा बराबरी गोल गर्दै खेललाई २-२ मा ल्याए। त्यसपछि थपिएको समयको दोस्रो मिनेटमा इन्जो फर्नान्डेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई ३-२ को अविस्मरणीय जित दिलाए। अन्तिम समयमा देखाएको उत्कृष्ट प्रदर्शनले अर्जेन्टिनाले प्रतियोगिताको उपाधि यात्रालाई जीवित राखेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |