काठमाडौँ : विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूलाई समाचार कक्षबाटै नियन्त्रणमा लिइएको घटनाप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री बालेन्द्र शाहले उनीहरूलाई तत्काल रिहा गर्न निर्देशन दिएका छन्।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै धरपकडमा प्रधानमन्त्री र उनको सचिवालयको कुनै संलग्नता नरहेको स्पष्ट पारेकी छन्। घटनाबारे जानकारी पाउनासाथ प्रधानमन्त्री शाहले पक्राउ परेका पत्रकारलाई तत्काल छाड्न र सञ्चारगृहमा प्रवेश गरी कुनै पनि हस्तक्षेप नगर्न सम्बन्धित निकायलाई कडा निर्देशन दिएका हुन्।
न्यायाधीश, प्रहरी र राजनीतिज्ञबिचको साँठगाँठबारे समाचार लेखेकै आधारमा प्रहरीले माथिको आदेश भन्दै नेपाल प्रेसका विश्वमणि सुवेदी, डिएनए खबरका धिरज बस्नेत र मोटिभ अनलाइनका शोभराज बराललाई पक्राउ गरेको छ। यस्तै, नयाँ पत्रिकाका पत्रकार नवराज मैनालीलाई पक्राउ गर्नसमेत प्रहरी कार्यालय पुगेपछि सञ्चार क्षेत्र आक्रोशित बनेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |