काठमाडौं : संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर फर्किएपछि सोबारे सदनलाई जानकारी नगराएको र संसद् बैठकमा लगातार अनुपस्थित रहेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहप्रति कडा आपत्ति जनाएको छ। बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद भीष्मराज आङदेम्बेले प्रधानमन्त्रीको अनुपस्थितिलाई संसदीय मर्यादासँग जोड्दै प्रश्न गरेका हुन् ।
सांसद आङदेम्बेले लोकतन्त्रमा नियम र प्रक्रिया सरकारका लागि पनि उत्तिकै लागू हुने उल्लेख गर्दै परम्परा तोड्ने नाममा सरकारलाई अप्ठ्यारोमा नपार्न सुझाव दिए। प्रमुख प्रतिपक्षी दलले सदनमा प्रश्न उठाइरहँदा प्रधानमन्त्री अनुपस्थित हुनु संसदीय अभ्यास र मर्यादाविपरीत भएको उनको तर्क छ।
प्रधानमन्त्री आफ्नो अनुकूलतामा मात्र संसद् आउने जाने प्रवृत्तिले नयाँ पुस्तालाई गलत सन्देश जाने भन्दै उनले संसद् चलिरहँदा प्रधानमन्त्री कहाँ र कुन काममा व्यस्त छन् भन्ने स्पष्ट जानकारी सदनलाई दिनुपर्ने मागसमेत गरे।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |