


काठमाडौँ : खुला प्रतिस्पर्धामार्फत उमेश श्रेष्ठ प्रेस काउन्सिल नेपालको अध्यक्ष नियुक्त भएका छन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनाले सोमबार श्रेष्ठलाई नियुक्तिपत्र प्रदान गरेका हुन्।
सूचना तथा सञ्चार मन्त्रालयका अनुसार अध्यक्ष पदका लागि श्रेष्ठसहित १० जनाको नाम अन्तिम छनोटमा परेको थियो। प्रतिस्पर्धामा केदारनाथ कोइराला, गोविन्दप्रसाद भण्डारी, जनक नेपाल, नुमाकान्त पौडेल, बालकृष्ण चापागाईं, भुवनप्रसाद आचार्य, रुद्रबहादुर खड्का, लेखनाथ न्यौपाने र शन्तराम बिडारी पनि थिए।
अन्तिम मूल्यांकनपछि श्रेष्ठ अध्यक्षमा नियुक्त भएका हुन्। प्रेस काउन्सिल नेपाल पत्रकारिताको आचारसंहिता कार्यान्वयन, प्रेस स्वतन्त्रताको संरक्षण तथा सञ्चार क्षेत्रको स्वनियमनलाई प्रभावकारी बनाउने संवैधानिक निकाय हो।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |