काठमाडौँ : सरकारले लगातार दोस्रो दिन मन्त्रिपरिषद्को बैठक बोलाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार दिउँसो १ बजे बैठक बस्न लागेको हो।
यसअघि मंगलबार पनि मन्त्रिपरिषद्को बैठक बसेको थियो। मंगलबारको बैठकले प्रेस काउन्सिल नेपाल ऐन, २०४८ संशोधन गर्न बनेको अध्यादेश तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।
लगातार दुई दिन मन्त्रिपरिषद् बैठक बस्नुलाई महत्त्वका साथ हेरिएको छ। बुधबारको बैठकमा थप के कस्ता निर्णय हुन्छन् भन्ने सार्वजनिक हुन बाँकी छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |