काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका छन्। सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी संसद् अधिवेशन अन्त्य गरेका हुन्।
मन्त्रिपरिषद्को बैठकले शुक्रबार मध्यरातिदेखि अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै राष्ट्रपति कार्यालयमा सिफारिस पत्र पठाएको थियो। सोही सिफारिसका आधारमा नेपालको संविधान अनुसार राष्ट्रपतिले अधिवेशन अन्त्यको घोषणा गरेका हुन्। नेपालमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ।
यसअघि गत वैशाख २८ गतेदेखि संघीय संसद्को यो चालु अधिवेशन सुरु भएको थियो। लामो समय चलेको उक्त बजेट तथा विधेयक अधिवेशनमा विभिन्न महत्त्वपूर्ण विधेयकहरूबारे छलफल हुनुका साथै आगामी आर्थिक वर्षको बजेटसमेत पारित भएको थियो।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |