


काठमाडौं : नेपाली काँग्रेसकी गण्डकी प्रदेशकी सांसद विमला गौचनको निधन भएको छ ।
समानुपातिकबाट सांसद गौचनको गएराती निधन भएको हो । उनको स्वास्थ्यमा समस्या आएपछि उनलाई गएराती उपचारका लागि ग्राण्डी हस्पिटलमा लगिएको थियो । तर, चिकित्सकले मृत घोषणा गरेका हुन् ।
डेंगुबाट संक्रमित भएकी उनको हृदयघातका कारण निधन भएको अनुमान गरिएको छ । गौचनको शव अस्पतालमै राखिएको तथा उनका छोरा अमेरिकाबाट आएपछि अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |