


काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नुवाकोटमा राजावादीहरूले भाडामा मान्छे ल्याएर जुलुस गर्ने गरेको टिप्पणी गरेपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले त्यसको जवाफ दिएका छन्।
लिङदेनले भने, “प्रचण्डजी गणतन्त्रको संस्थापक भएकाले त्यसमा खतरा देख्दा पिर पर्नु स्वाभाविक हो। पिर परेको बेला केके भन्नुहुन्छ, अन्यथा मान्दिनँ। उहाँले पनि मान्छे खुवाएर, पैसा बाँडी जुलुस गर्नुभएको थियो। त्यसैले अहिलेको टिप्पणी उहाँकै अनुभव हुनसक्छ।”
उनले जनसमर्थन बढ्दै गएको भन्दै सरकारलाई झुकाउन तयार रहेको बताए।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |