


काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू एमालेको ‘झोले’ भएकोमा गर्व महसुस गर्ने बताएका छन्।
नेपाल बुद्धिजीवी परिषद्को ११औँ महाधिवेशनको उद्घाटनमा उनले देश संक्रमणकालीन अवस्थामा रहेको भन्दै बुद्धिजीवीहरूलाई सुधारमा सक्रिय हुन आग्रह गरे।
“म यो झोलामा देश र जनताको परिवर्तनको चाहना बोकेर हिँड्छु,” उनले भने, “तर राजावादीहरूले आफूलाई प्रभुको दास भन्नु ठिक, एमालेको पक्षमा उभिनु झोलेरु”
ओलीले बुद्धिजीवी वर्गलाई आलोचना मात्र होइन, सकारात्मक सोच र सुझावमार्फत राष्ट्रहितमा लाग्न पनि आग्रह गरे। उनले राजतन्त्र पुनःस्थापनाको प्रयासलाई अप्रसांगिक र अलोकतान्त्रिक ठहर गरे।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |