


पनौती : पनौती नगरपालिका–११ वडाले चालू आर्थिक वर्ष २०८१÷८२ को चौथो किस्ताको सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ।
वडाको सूचनाअनुसार २०८१ असार २३ गतेदेखि नेपाल बैंक लिमिटेडमार्फत लाभग्राहीलाई भत्ता वितरण सुरु गरिएको छ। वडाले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत सेवा लिइरहेका लाभग्राहीहरूलाई भत्ता बुझ्न आउँदा अनिवार्य रूपमा आफ्नो परिचय पत्र, नागरिकता प्रमाणपत्र र चेकबुक लिएर सम्बन्धित बैंक शाखामा उपस्थित हुन अनुरोध गरेको छ।
वडासचिव सुनिल भण्डारीको हस्ताक्षरसहित जारी सूचनामा लाभग्राहीले समयमै रकम बुझिलिनु अनुरोध गरिएको छ।


हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |