• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • तपाईंको राशिफल
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खबर बिशेष
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • English
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ जेष्ठ २९, शुक्रबार
Trending
pto khabar ptokhabar नेपाल प्रचण्ड कांग्रेस रवि लामिछाने केपी शर्मा ओली विधेयक
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • स्वास्थ्य
  • विश्व
  • English
  • ट्रेन्डीङ्ग
  • ताजा१२

खोजी गर्नुहोस

in

धेरै पढिएका

१

टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह

१ साल अघि
२

होटल व्यवसायी संघ काठमाडौंको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

१ साल अघि
३

भगवती मानव कल्याण संगठनको काठमाडौं उपत्यका स्तरीय पदयात्रा

१ साल अघि
४

ललितपुरमा हाइड्रोप्रोनिक खेती गर्नेलाई स्थानीय सरकारकाे ५० प्रतिशत आर्थिक सहयोग

१ साल अघि
५

मीनबहादुर सक्नु भनेको नेपाली व्यापारी सक्नु हो : पूर्वमन्त्री सुशीलमान शेरचन

१ साल अघि
६

रबिको घाँटीमा पासो राखियो : पूर्वमन्त्री शेरचन

१ साल अघि
७

होटल व्यवसायी संघ काठमाडौंद्वारा २०८२ सालको क्यालेण्डर बिमोचन

१ साल अघि
८

कलिन्याय: न्यायधारणी की न्यायहरणी ?

१0 महिना अघि
९

माओवादी खबरदारी सभामा ७ हजार पनि जम्मा भएनन्

१ साल अघि
१०

गगन थापाको अन्डर कभर बालेन !

१ साल अघि
११

ध्यानबाट ब्रमाण्डको विचरण सम्भव छ ?

१ साल अघि
१२

जिल्ला होटल व्यवसायी संघको अध्यक्षमा बराल,महासचिवमा शैलेन्द्र

१ साल अघि

ताजा अपडेट

१

काभ्रे यात्रुवाहक बस दुर्घटना : ८ जनाको मृत्यु

६ घण्टा अघि
२

राजदरबार हत्याकाण्डबारे थप छानबिन हुने

३ दिन अघि
३

र्थिक विधेयकबारेका आरोप नियोजित दुष्प्रचार : अर्थमन्त्रीको सचिवालय

३ दिन अघि
४

मिडिया ट्रायलप्रति गृहमन्त्री गुरुङको चेतावनी

३ दिन अघि
५

सुदूरपश्चिममा मन्त्री हेरफेरको तयारी,आजै नियुक्ति हुने

४ दिन अघि
६

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर निर्वाचित

४ दिन अघि
७

प्रतिनिधिसभामा आजदेखि बजेटमाथि औपचारिक छलफल सुरु हुँदै

४ दिन अघि
८

मेघनाथ भुर्तेल, पाण्डे र डिकबहादुर खत्री (कुमार) “त्रिपक्षीय रोचक प्रतिस्पर्धा: संघको नेतृत्व अब कसको हातमा?”

५ दिन अघि
९

मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने एमालेको तयारी

१ हफ्ता अघि
१०

सुकुमवासीमाथिको व्यवहार अमानवीय : कुलमान घिसिङ

१ हफ्ता अघि
११

सुधन गुरुङबारे छानबिन प्रतिवेदन सरकारलाई बुझाइयो, पुनर्बहालीको चर्चा

१ हफ्ता अघि
१२

हल्चोकस्थित सशस्त्र प्रहरी मुख्यालयमा आगलागी

१ हफ्ता अघि
होमपेज /  बागमती
  • ४०६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • रामेछापको सुनापतिमा पर्यटन प्रवर्द्धनका लागि काठमाडौँमा विशेष अन्तरक्रिया

  • २०८२ श्रावण ४, आईतबार (१0 महिना अघि)

  • काठमाडौँ : रमणीय रामेछाप जिल्लाको सुनापति गाउँपालिकाले आफ्नो अनुपम प्राकृतिक र सांस्कृतिक सम्पदालाई विश्वसामु चिनाउने उद्देश्यले काठमाडौँमा अन्तरक्रिया कार्यक्रम गरेको छ। व्यावसायिक र सिर्जनशील प्रशासनः विकास समृद्धि र सुशासन, समृद्ध उद्यमी, सुखी सुनापतिस् कृषि, पर्यटन र शिक्षा हाम्रो सम्पत्तिको मूल नारासहित आयोजित यस कार्यक्रमले सुनापतिको पर्यटन विकासको सम्भावनालाई उजागर गरेको हो ।

    सांसद तामाङको विकासप्रतिको प्रतिबद्धता
    कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका सांसद पूर्णबहादुर तामाङले रामेछापका आठ पालिकाहरूमध्ये सुनापतिलाई एक समृद्ध पालिकाको रूपमा चित्रण गरे। सम्पदा र संस्कृतिले भरिपूर्ण सुनापतिलाई पर्यटकीय आकर्षणको केन्द्र बनाउन सङ्घीय सांसदका रूपमा हरसम्भव सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे। सांसद तामाङले पर्यटकीय सम्पदाको संरक्षण र नयाँ गन्तव्यहरूको विकासमा जोड दिँदै पूर्वाधार निर्माणमा तीनै तहका सरकारको ध्यान जानुपर्ने आवश्यकता औँल्याए। उनले सुनकोशीमा विनियोजित २५ करोड बजेट कटाइएकोमा असन्तुष्टि जनाउँदै विकास निर्माणका कार्यमा दलीय स्वार्थभन्दा माथि उठेर काम गर्न आग्रह गरे। साथै, बजेट विनियोजनमा समानुपातिक वितरण र स्थानीय उत्पादनको बजारीकरणमा प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए।

    पर्यटन विकासका लागि पूर्वाधारको अपरिहार्यता
    पूर्वमन्त्री तथा एमाले पोलिटब्यूरो सदस्य कमलप्रसाद चौंलागाईंले पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार निर्माणलाई पहिलो अनिवार्य शर्त बताए। उनले तीनै तहका सरकारको सहकार्यले पूर्वाधार निर्माणलाई सहज बनाउने धारणा राखे। स्थानीय संस्कृति, रहनसहन र भेषभूषाको संरक्षणमा जोड दिँदै नेता चौंलागाईंले लोपोन्मुख जातजाति, कला र संस्कृतिलाई आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनाउनुपर्ने सुझाए। उनले जिल्लाको समग्र विकास सामूहिक प्रयासबाट मात्र सम्भव हुने भन्दै स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणका लागि पालिकाले सहजीकरण गर्नुपर्नेमा जोड दिए।

    पूर्वसांसद देवशंकर पौडेलले रामेछापमा रहेका ऐतिहासिक स्थलहरूको संरक्षणमा जोड दिँदै सुनापतिले सिमाना जोडिएका पालिकाहरूसँग पनि समन्वय गरेर अघि बढ्न आग्रह गरे।

    युद्ध पर्यटन र सामूहिक प्रयासको आह्वान
    बागमती प्रदेशका पूर्वमन्त्री श्यामकुमार श्रेष्ठले सुनापतिलाई युद्ध पर्यटनसँग जोडेर विकास गर्न सकिने नयाँ आयाम प्रस्तुत गरे। उनले सुनकोशी तेस्रो जलविद्युत आयोजनाको समयमै सम्पन्नताले रामेछापको पर्यटनमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्दै, बढीभन्दा बढी आन्तरिक र बाह्य पर्यटक भित्राउन जिल्लावासी एक हुनुपर्नेमा जोड दिए।

    प्रचारप्रसारको महत्त्व र कृषि पर्यटनको संयोजन
    नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले सुनापतिसहित रामेछापमा प्रशस्त पर्यटकीय क्षेत्र भए पनि प्रचारप्रसारको अभावमा पछि परेको बताए। उनले पदमार्गको अधिकतम उपयोग गर्नुपर्ने र पर्यटन प्रवर्द्धनका लागि कूटनीतिक नियोग तथा कलाकारहरूलाई सँगै लिएर जानुपर्नेमा जोड दिए। घिसिङले शैलुङ र खाँडादेवीलाई सुनापतिको पर्यटकीय प्याकेजमा समावेश गर्नुपर्ने सुझाउँदै, जैविक तरकारी, फलफूल र चिया खेती लाई पर्यटनसँग जोड्न सके स्थानीयस्तरमा आयआर्जनको बाटो खुल्ने धारणा राखे।

    नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणी हार्तम्छालीले ललितकला र पर्यटनको फरक पाटो भए पनि सुनापति क्षेत्रमा पाइने थान्का र गलैँचाका लागि प्रतिष्ठानले सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले ललितकलालाई पर्यटनसँग जोडेर प्रवर्द्धन गर्न सकेमा थप सम्भावना उजागर हुने बताए।

    पर्यटन बोर्ड र टानको सहकार्यको हात
    नेपाल पर्यटन बोर्डका उपाध्यक्ष कमल सापकोटाले नेपाल महत्वपूर्ण पर्यटकीय गन्तव्य भए पनि पर्यटकको संख्यामा कमी आएकोमा चिन्ता व्यक्त गरे। उनले पर्यटन व्यवसायलाई ग्रामीण वासिन्दाको जीवनस्तर उकास्ने महत्त्वपूर्ण माध्यमका रूपमा व्याख्या गर्दै, यसका लागि राज्यको लगानी वृद्धि र पर्यटन क्षेत्रमा लगाएको भ्याट हटाउनुपर्ने माग गरे।

    टानका अध्यक्ष सागर पाण्डेले स्थानीय संस्कृति, रहनसहन र खानपिनलाई पर्यटनका खम्बाको रूपमा हेर्दै, हरेक पालिकाले आफ्नै पर्यटन नीति बनाएर प्रचारप्रसारमा लाग्नुपर्नेमा जोड दिए। उनले बसाइँसराइ रोक्न पर्यटन सहयोगी बन्न सक्ने बताउँदै, कृषि उपज उत्पादनमा जोड दिँदै स्थानीय उत्पादनको स्थानीय खपत र बजारीकरण मा पालिकाले सहजीकरण गर्नुपर्ने आवश्यकता औँल्याए।

    सुनापतिको आह्वानः निजी क्षेत्रको लगानी अपरिहार्य
    सुनापति गाउँपालिकाका अध्यक्ष कान्छा तामाङले पालिकाको स्रोत र साधनले मात्र पर्यटन विकासका सबै योजना पूरा गर्न नसक्ने भएकाले निजी क्षेत्रको लगानी अपरिहार्य रहेको बताए। उनले सुनापतिमा उत्पादन हुने गलैँचा र थान्काको बजारीकरण तथा कृषि उपजले बजार नपाउने समस्या समाधानका लागि सरकारी र निजी दुवै क्षेत्रको सहयोगको आह्वान गरे। उपाध्यक्ष गीता विष्टले सुनापतिका धार्मिक र पुरातात्विक महत्वका स्थलहरूले पर्यटकलाई आकर्षित गर्ने बताउँदै, सुनापतिलाई युद्ध पर्यटकीय पालिका का रूपमा विकास गर्न र स्थानीय सामग्रीको बजारीकरणका लागि सबै क्षेत्रको सहयोगको अपेक्षा गरिन्।

    प्रमुख अतिथि तामाङले पानसमा बत्ती बालेर उद्घाटन गरेको यस कार्यक्रमको सञ्चालन पालिकाका कार्यकारी प्रमुख श्यामकुमार श्रेष्ठले गरेका थिए। नेपाल पर्यटन बोर्डको सभाहलमा सम्पन्न भएको यस कार्यक्रममा रामेछापबाट काठमाडौँलाई कर्मथलो बनाएका विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

    सुनापतिको अद्वितीय सौन्दर्य र भविष्यको सपना
    साबिकका पाँच गाउँ विकास समितिहरू गुन्सी, दिमीपोखरी, हिलेदेवी, बेथान र खनियापानी मिलेर बनेको सुनापति गाउँपालिका को नामाकरण प्रसिद्ध सुनापति डाँडा बाट भएको हो। रामेछापमा यस डाँडाको एक छुट्टै पहिचान छ। यो हिन्दू र बौद्ध धर्मावलम्बीहरूको धार्मिक र सांस्कृतिक केन्द्रविन्दु पनि हो, जहाँ महादेवको मन्दिरका साथै १०४ वर्ष पुरानो ऐतिहासिक माने छ्योर्तेन र १०८ वर्ष पुरानो लहरेमाने जस्ता पुरातत्व विभागमा सूचीकृत सम्पदाहरू छन्।

    जटिल भौगोलिक धरातल र न्यून आन्तरिक आयका बाबजुद पनि गाउँपालिकाको सबै क्षेत्रमा सडकको सहज पहुँच छ। स्थानीय तहको निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिहरू ऐतिहासिक एवं धार्मिक स्थलहरूको पुनर्निर्माण र संरक्षणमा जुटेका छन्। कृषि विकास र विस्तारमार्फत कृषि तथा पर्यटन विकास गर्ने, साथै कृषि बाली र फलफूलको पकेट तथा ब्लक स्थापना गरी कृषिलाई व्यावसायिक र आधुनिकीकरण गर्ने अभियानमा पालिका निरन्तर प्रयासरत छ।

    गाउँपालिकाको मौलिक संस्कृति, धार्मिक स्थल, पौराणिक सम्पदाहरू, पर्यावरणीय विविधता, र ऐतिहासिक स्थलहरूको प्रचार–प्रसार गरी स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षण गराउन रणनीतिक साझेदारी विस्तार गर्ने लक्ष्यसहित यो कार्यक्रम आयोजना गरिएको हो। सुनापति डाँडाबाट सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य, जुगल, लाङटाङ, गौरीशंकर हिमशृङ्खला र सगरमाथासम्मको दृश्यावलोकन यहाँका मुख्य आकर्षण हुन्। नेपालथोक लुभु, हिलेदेवी सुनापति, शैलुङ नेपालथोक लुभु, डासे सुनापति शैलुङ जस्ता पदमार्गहरू र ऐतिहासिक १०८ लहरेमाने, सुनापति महादेव मन्दिर, देवी मन्दिरहरू, बुद्धचक्र स्तुपा लगायतका मठ, मन्दिर, गुम्बा र स्तुपाहरूले सुनापतिको पर्यटकीय सम्भावनालाई अझ उजागर गर्दछन्।

    सुनापति वास्तवमै धार्मिक एवं सांस्कृतिक विविधताले भरिपूर्ण एक अद्वितीय पर्यटकीय गन्तव्य हो, जसको भविष्य उज्ज्वल देखिन्छ।

    • #काठमाडौँमा विशेष अन्तरक्रिया
    • #सुनापतिमा पर्यटन प्रवर्द्धन
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    बागमती सम्बन्धि थप

    काभ्रे यात्रुवाहक बस दुर्घटना : ८ जनाको मृत्यु

    राजदरबार हत्याकाण्डबारे थप छानबिन हुने

    र्थिक विधेयकबारेका आरोप नियोजित दुष्प्रचार : अर्थमन्त्रीको सचिवालय

    मिडिया ट्रायलप्रति गृहमन्त्री गुरुङको चेतावनी

    सुदूरपश्चिममा मन्त्री हेरफेरको तयारी,आजै नियुक्ति हुने

    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर निर्वाचित

    ताजा समाचार
    १

    काभ्रे यात्रुवाहक बस दुर्घटना : ८ जनाको मृत्यु

    २

    राजदरबार हत्याकाण्डबारे थप छानबिन हुने

    ३

    र्थिक विधेयकबारेका आरोप नियोजित दुष्प्रचार : अर्थमन्त्रीको सचिवालय

    ४

    मिडिया ट्रायलप्रति गृहमन्त्री गुरुङको चेतावनी

    ५

    सुदूरपश्चिममा मन्त्री हेरफेरको तयारी,आजै नियुक्ति हुने

    ६

    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर निर्वाचित

    ७

    प्रतिनिधिसभामा आजदेखि बजेटमाथि औपचारिक छलफल सुरु हुँदै

    ८

    मेघनाथ भुर्तेल, पाण्डे र डिकबहादुर खत्री (कुमार) “त्रिपक्षीय रोचक प्रतिस्पर्धा: संघको नेतृत्व अब कसको हातमा?”

    ९

    मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने एमालेको तयारी

    १०

    सुकुमवासीमाथिको व्यवहार अमानवीय : कुलमान घिसिङ

    समाचार
    थप

    राजदरबार हत्याकाण्डबारे थप छानबिन हुने

    र्थिक विधेयकबारेका आरोप नियोजित दुष्प्रचार : अर्थमन्त्रीको सचिवालय

    मिडिया ट्रायलप्रति गृहमन्त्री गुरुङको चेतावनी

    सुदूरपश्चिममा मन्त्री हेरफेरको तयारी,आजै नियुक्ति हुने

    खबर बिशेष
    थप

    सप्तरीको विभिन्न पालिकामा न्यानो कपडा वितरण- भगवती मानव कल्याण संगठनको जाडो लक्षित कार्यक्रम

    संस्कार शिक्षा र प्रशिक्षण

    ललितपुर : सृष्टि ,सम्पदा र ज्ञानको विश्व केन्द्र

    तिव्र गतिमा मेलमिलाप केन्द्र विस्तार हुन्छ: अध्यक्ष रेग्मी

    PTO TV
    थप
    • फेसबुक बन्द भए सरकार ढल्छ ? के भन्छन वरिष्ठ अधिवक्ता पण्डित
    • ‘प्रचण्ड´ रास्ट्रपति कि `ज्ञानेन्द्र´ राजा ?
    • टंक दाहाल जे गर्दै छन् गज्जव गर्दैछन,सच्चा इन्भेष्टिगेटरले गर्ने यहि हो : डा.शाह
    • गगन थापाको अन्डर कभर बालेन !

    पत्राचार ठेगाना

    त्रिवेश मिडिया हाउस
    ठेगाना: पनौती ११ बल्थली काभ्रे
    सञ्चार रजिष्ट्रार दर्ता नं.: ०३२४/ ०८२-०८३
    ईमेल: [email protected]
    सम्पर्क न: 9841517868

    हाम्रो टीम

    संचालक/सम्पादक: कृष्णप्रसाद न्यौपाने
    संरक्षक एवं विशेष सम्पादक: महेश राज पौडेल
    पर्यटन तथा रोजगार,सम्वाददाता: सुरज न्यौपाने
    वैदेशिक रोजगार क्षेत्र सम्वाददाता: अर्जुन न्यौपाने
    डेष्क,सम्वाददाता: अम्बिका ढुंगाना
    धर्म संस्कृति विभाग प्रमुख: केशव प्रसाद चौलागाईँ
    कानुनी सल्लाहकार: वीपी कोइराला

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • खबर बिशेष
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०८१ PTO Khabar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोड मिति रूपान्तरण Designed by: GOJI Solution