


काठमाडौं : जडिबुटीमा रोकिराखेको बसमा ठोक्किँदा दुई युवकले ज्यान गुमाएका छन्। शुक्रबार बिहान कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको लु ४३ प ४९३८ नम्बरको स्कुटर जडिबुटी पुलमा पार्किङ गरिएको बा प्र ०१–००६ ख ४२४३ नम्बरको अरनिको यातायातको बसको पछाडि ठोक्किएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका स्कुटर चालक नवलपरासी सुनौल ०१ घर भई हाल भक्तपुर लोकन्थली बस्ने २२ वर्षीय शिरिस पौडेल र पछाडि सवार काभ्रेपलाञ्चोक पाँचखाल ०२ का २३ वर्षीय नितेश नेपाललाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो। तर दुवैको उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ।
बस र स्कुटर दुवै कोटेश्वर ट्राफिकको नियन्त्रणमा छन् भने चालक २५ वर्षीय सुभाष तामाङ बानेश्वर प्रहरी वृत्तमा राखिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |