


रोल्पा : रोल्पाको दुर्गम थवाङ क्षेत्रमा भएको जिप दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु भएको छ । वैशाख पूर्णिमाको अवसरमा लागेको जलजला मेलातर्फ जाँदै गरेको सवारी साधन भिरबाट करिब ८ सय मिटर तल खस्दा ठूलो मानवीय क्षति भएको हो ।
थवाङ गाउँपालिका–१ जलजलामा रुकुमपूर्वबाट जाँदै गरेको लु१ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । प्रारम्भिक विवरणअनुसार मेलामा सहभागी हुन गइरहेका यात्रु बोकेको जिप अनियन्त्रित भई सडकबाट खसेको हो ।
दुर्घटनास्थल दुर्गम भएकाले उद्धार कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । अहिलेसम्म १७ जनाको मृत्यु पुष्टि भइसकेको र थप घाइतेको खोज तथा उद्धार जारी रहेको जनाइएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |