


काठमाडौँ : एशियन एक्सेलेन्सि एकेडेमिक रिसर्च सोसाइटी ले व्यक्तित्व विकासमार्फत आर्थिक, सामाजिक, सांस्कृतिक तथा मानसिक चेतनाको विस्तार गर्ने उद्देश्यसहित सञ्चालन गर्दै आएको ‘Lets Enhance Our Knowledge’ कार्यक्रमअन्तर्गत शनिबार ७३औँ श्रृंखला सम्पन्न गरेको छ।
कार्यक्रममा इतिहास, पहिचान र वंशावलीसम्बन्धी विषयमा अन्तरक्रिया गरिएको थियो। कार्यक्रममा ‘सृष्टि युनिभर्स एप’मार्फत आफ्नै वंशावली सहज रूपमा तयार गर्न सकिने विषयमा जानकारी दिइएको आयोजकले जनाएको छ।
कार्यक्रममा सहभागी बालबालिका, युवा, महिला तथा ज्येष्ठ नागरिकलाई एप सञ्चालन विधि, पारिवारिक इतिहास अभिलेखीकरण तथा आफ्नो पहिचानलाई विश्वसामु प्रस्तुत गर्ने विषयमा प्रशिक्षण दिइएको थियो।
संस्थाका अध्यक्ष डाक्टर दलिपकुमार मल्लले विगत तीन वर्षदेखि संस्थाले निरन्तर रूपमा इतिहास, संस्कृति, संस्कार तथा विभिन्न सामाजिक मुद्दामा ज्ञानमूलक अन्तरक्रिया गर्दै आएको बताए। उनले यस्ता कार्यक्रमले चेतनास्तर अभिवृद्धिसँगै व्यक्तित्व विकासमा समेत टेवा पुर्याउने उल्लेख गरे ।
कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएको संस्थाले जनाएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |