


काठमाडौँ : भेनेजुएलामा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या १० हजार नाघ्न सक्ने सम्भावना ४४ प्रतिशत रहेको प्रारम्भिक अनुमान सार्वजनिक भएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले यस्तो आकलन सार्वजनिक गरेपछि सरकारले राष्ट्रिय आपतकाल घोषणा गरेको छ।
राजधानी काराकास केन्द्रबिन्दु भएर केही सेकेन्डको अन्तरालमा ७.२ र ७.५ म्याग्निच्युडका दुई भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। भूकम्पबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको आशंका गरिएको छ।
कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रका नाममा सम्बोधन गर्दै आपतकाल घोषणा गरेकी हुन्। उनले उद्धार तथा राहत कार्यलाई तीव्र पार्न सबै राज्य संयन्त्र परिचालन गरिएको बताएकी छन्। सम्बोधनका क्रममा गृहमन्त्री तथा राष्ट्रियसभाका प्रमुख जर्ज रोड्रिगेज पनि उपस्थित थिए।
सरकारले प्रभावित क्षेत्रमा राहत तथा उद्धार अभियानको नेतृत्व गर्न एक जनरललाई जिम्मेवारी दिएको जनाएको छ। क्षतिको यकिन विवरण आउन बाँकी रहे पनि खोज तथा उद्धार कार्य तीव्र पारिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |