


काठमाडौं विश्वविद्यालय (केयू)को ३१औँ दीक्षान्त समारोह (दोस्रो चरण) मा १ हजार ५२७ विद्यार्थी दीक्षित भएका छन्।
शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री एवं सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा सम्पन्न समारोहमा उनले लक्ष्य प्राप्तिमा धैर्य र निरन्तरता आवश्यक रहेको बताए। यसपटक स्कुल अफ मेडिकल साइन्सेजबाट सबैभन्दा बढी ५०४ विद्यार्थी दीक्षित भए। दीक्षितमध्ये २१ जना विद्यावारिधि, २७९ जना स्नातकोत्तर र १ हजार १३२ जना स्नातक तहका छन्।
सात देशका १७९ विदेशी विद्यार्थीले पनि उपाधि प्राप्त गरेका छन्। विश्वविद्यालयको इतिहासमै पहिलोपटक कृत्रिम बौद्धिकता स्नातक कार्यक्रमका २६ विद्यार्थी दीक्षित भएका छन्।
स्नातक तहमा ३।९९ जीपीए ल्याएकी रिश्ता श्रेष्ठले उपकुलपति स्वर्णपदक प्राप्त गरिन्। दोस्रो चरणको दीक्षान्तसँगै केयूबाट हालसम्म ५१ हजार ५६७ विद्यार्थी उत्तीर्ण भएका छन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |