


काठमाडौं : आकर्षक तलबसहित विदेश पठाइदिने प्रलोभन देखाएर ३९ लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काभ्रेका सरोज पन्त र रामेछापका अनिल खत्री छन्। प्रहरीका अनुसार पन्तले आयरल्यान्ड पठाइदिने भन्दै एक युवाबाट १६ लाख रुपैयाँ असुलेका थिए भने खत्रीले दुबई पठाइदिने बहानामा छ जनाबाट २३ लाख रुपैयाँ उठाएका थिए। विदेश नपठाई सम्पर्कविहीन बनेपछि पीडितको उजुरीका आधारमा उनीहरूलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। दुवैलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ।
यसैबीच, देशका विभिन्न जिल्लामा गरिएको प्रहरी कारबाहीका क्रममा लागूऔषधसहित १७ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरू काठमाडौं, मोरङ, पर्सा, भक्तपुर, कैलाली, गोरखा, सुनसरी, बाँके, पाल्पा र झापाका हुन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |