


काठमाडौँ : साविक विजेता अर्जेन्टिनाले अतिरिक्त समयमा दुई गोल गर्दै स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गरेको छ। यससँगै अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको हो ।
निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। खेलको सुरुवातमै एलेक्सिस म्याक एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। तर ६७औँ मिनेटमा डान एन्डोएले गोल फर्काउँदै स्विट्जरल्यान्डलाई बराबरीमा ल्याए।
अतिरिक्त समयमा अर्जेन्टिनाले अनुभवको फाइदा उठायो। ११२औँ मिनेटमा जुलियन अल्भारेजले निर्णायक गोल गरे भने इन्जुरी समयको अन्तिम क्षण ९१२०ं१० मा लाउटारो मार्टिनेजले अर्को गोल थप्दै ३-१ को जित सुनिश्चित गरे।
अब अर्जेन्टिनाले फाइनल प्रवेशका लागि सेमिफाइनलमा इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |