


काठमाडौँ : लगातारको वर्षा र थप पानी पर्ने पूर्वानुमानपछि चितवन प्रशासनले नारायणगढ-मुग्लिन-काठमाडौँ सडकखण्डमा आइतबार रातिदेखि सबै प्रकारका सवारीसाधन सञ्चालन रोक्ने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालय, चितवनले राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्म सडक पूर्ण रूपमा बन्द रहने जनाएको हो।
प्रशासनका अनुसार धादिङलगायत आसपासका जिल्लामा भइरहेको वर्षाले पहिरो र सडक अवरुद्ध हुने जोखिम बढेकाले यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै रातिको सवारी आवागमन रोकिएको हो। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा जोखिम कम नभएसम्म सवारी सञ्चालन अनुमति नदिइने उल्लेख छ।
जिल्ला सुरक्षा समितिले यात्रुहरूलाई आवश्यक जानकारी तथा सहजीकरणका लागि नेपाल प्रहरी १००, सशस्त्र प्रहरी १११४, जिल्ला आपत्कालीन सञ्चालन केन्द्र ९डीईओसी० १२३४ र जिल्ला प्रहरी कार्यालय, चितवनका सूचना अधिकारीको ९८५५०१३९९९ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |