


काठमाडौँ : काठमाडौँको गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित बागमती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका १३ वर्षीय बालकको उपचारका क्रममा मृत्यु भएको छ।
आइतबार मध्याह्न साथीहरूसँग सुन्दरीजलको बोक्सीदहमा पौडी खेल्न गएका उर्गेन गुरुङ चिप्लिएर गहिरो खोँचमा खसेपछि बेपत्ता भएका थिए। घटनापछि उनीसँगै रहेका साथीहरूले प्रहरीलाई खबर गरेका थिए।
प्रहरी र नेपाली सेनाको गोताखोर टोलीले गुरुङलाई अचेत अवस्थामा उद्धार गरी नेपाल मेडिकल कलेज पुर्याएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
डोल्पा घर भई काठमाडौँमा बस्दै आएका गुरुङको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |