


काठमाडौँ : भारतको संसदको मनसुन अधिवेशन सुरु भएकै दिन नयाँ दिल्लीमा भएको ‘चलो संसद’ मार्चका कारण संसद भवन आसपासको सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रदर्शनकारी संसद भवनतर्फ अघि बढेपछि प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको छ।
सोमबार जन्तर-मन्तरबाट सुरु भएको कक्रोज जनता पार्टी (सिजेपी) को मार्च संसद भवन नजिक पुग्दा प्रदर्शनकारीले ब्यारिकेड तोड्ने प्रयास गरेका थिए। त्यसपछि प्रहरीले भीड नियन्त्रणका लागि अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज गरेको भारतीय सञ्चारमाध्यम इन्डिया टुडे ले जनाएको छ।
मनसुन अधिवेशन चलिरहेका बेला बाहिर प्रदर्शन चर्किएपछि सुरक्षा सतर्कता बढाइएको थियो। यसबीच प्रधानमन्त्री नरेन्द्र मोदी संसद भवनबाट बाहिरिएका छन्। प्रदर्शनको नेतृत्व गरिरहेका कक्रोज जनता पार्टीका संस्थापक अभिजित दिप्केलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |