


काठमाडौँ : काठमाडौँको तारकेश्वर नगरपालिकामा कारभित्र एक महिला जलेको अवस्थामा मृत फेला परेकी छन्। प्रहरीका अनुसार तारकेश्वरकी ४१ वर्षीया रश्मि रिजाल कारको पछाडिपट्टिको सिटमा जलेको अवस्थामा मृत भेटिएकी हुन्।
घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रारम्भिक अनुसन्धानपछि शवलाई पोस्टमार्टमका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
महिलाको मृत्यु कसरी भयो, आगलागीको कारण के थियो र घटनामा अन्य कुनै पक्षको संलग्नता छ वा छैन भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। घटनाका सम्बन्धमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |