काठमाडौँ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा गगनकुमार थापा भारी मतान्तरका साथ सभापति पदमा निर्वाचित भएका छन्। प्रतिद्वन्द्वी श्यामकृष्ण खड्गीलाई निकै पछाडि पार्दै थापाले फराकिलो जित हात पारेका हुन् ।
कुल खसेको ७ हजार ३९ मतमध्ये थापाले ६ हजार ५ सय ८४ मत प्राप्त गरे भने खड्गीको पक्षमा ३ सय ७५ मत मात्रै खस्यो। निर्वाचनमा ५४ मत बदर भएको छ।
थापालाई सर्वसम्मत रूपमा सभापति चयन गर्ने प्रयास अन्तिम समयसम्म गरिए पनि खड्गीले आफ्नो उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेपछि मतदान प्रक्रिया अघि बढेको थियो। यसअघि सभापति पदकै अर्का उम्मेदवार किशोरसिंह राठोरले भने थापालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |