काठमाडौँ : भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले आज भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा औपचारिक भेटवार्ता गर्दैछन्। प्रधानमन्त्री बनेपछिको यो पहिलो विदेश भ्रमणका क्रममा भारतका तर्फबाट १ अर्ब ५० करोड अमेरिकी डलर बराबरको आर्थिक प्याकेजसहित ‘सरप्राइज’ घोषणा हुन सक्ने परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताएका छन्।
नेपालले भोटेकोशी बाढीपछिको पुनर्निर्माण र पूर्वाधार विकासका लागि अनुदान तथा सहुलियतपूर्ण ऋणस्वरूप २ अर्ब डलर माग गरेको पृष्ठभूमिमा भारतले उक्त प्याकेज घोषणा गर्ने सम्भावना देखिएको छ । वार्तापछि आर्थिक साझेदारी, ऊर्जा, व्यापार, जलस्रोत तथा यातायात र डिजिटल कनेक्टिभिटी समेटिएको १० बुँदे संयुक्त दृष्टिपत्र सार्वजनिक गर्ने तयारी छ।
भ्रमण दलमा सहभागी अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालले सीमा, थप हवाई प्रवेशमार्ग र द्विपक्षीय परियोजनामा सहमति जुटाउन भारतीय समकक्षीसँग छलफल तीव्र पारेका छन्। आइतबार नयाँदिल्ली पुगेका शाहले भारतीय विदेशमन्त्री एस। जयशंकरसँग शिष्टाचार भेट गरिसकेका छन्। आजै भारतीय राष्ट्रपति द्रोपदी मुर्मुसँग भेटेर शाह साँझ स्वदेश फर्कने भारतीय विदेश मन्त्रालयको कार्यतालिका छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |