काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक मंगलबार दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा बस्दैछ ।
बैठकको सुरुवातमा पार्टी सभापति गगनकुमार थापाले समसामयिक राजनीति र पार्टीको आगामी रणनीतिका विषयमा विशेष सम्बोधन गर्ने कार्यसूची तय भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा सहभागी हुन पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई आवश्यक सूचना पठाइसकिएको छ ।
पार्टीभित्रको आन्तरिक संगठन सुदृढीकरण, भावी कार्यदिशा र वर्तमान राजनीतिक परिस्थितिमा कांग्रेसले खेल्नुपर्ने भूमिकाका विषयमा सभापति थापाले बैठकमा मार्गनिर्देश गर्नेछन् । सभापतिको सम्बोधनपश्चात् कार्यसमिति बैठकका अन्य नियमित एजेन्डाहरूमाथि छलफल अगाडि बढाइने पार्टी कार्यालयले जनाएको छ ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |