काठमाडौँ : दुई दिन लगातार उकालो लागेको सुनचाँदीको भाउ आज घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ६ हजार ५०० रुपैयाँले घटेर २ लाख ४१ हजार ४०० रुपैयाँ कायम भएको छ।
हिजो सुन तोलामा ५०० रुपैयाँले बढेर २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। त्यसअघि अस्ति सोमबार सुनको भाउ ४ हजार ८०० रुपैयाँले उक्लिएर २ लाख ४७ हजार ४०० रुपैयाँ पुगेको थियो।
यसैगरी आज चाँदीको भाउ पनि तोलामा १०५ रुपैयाँले घटेर ३ हजार ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी तोलामा ३५ रुपैयाँले बढेर ३ हजार १४५ रुपैयाँ पुगेको थियो भने अस्ति ४५ रुपैयाँले वृद्धि भएको थियो।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |