काठमाडौँ : नागरिकता विवाद र सम्पत्ति शुद्धीकरणको मुद्दा विचाराधीन रहेकै अवस्थामा लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा आनी छोइङ डोल्मालाई नियुक्त गरिएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
उक्त नियुक्ति गैरकानुनी तथा विधि र प्रक्रियाविपरीत रहेको दाबीसहित ‘राष्ट्रिय जेनजी नागरिक अभियान’ का संयोजक सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीले संयुक्त रूपमा रिट दायर गरेका हुन् ।
नियुक्तिको वैधानिकतामाथि प्रश्न उठाउँदै सरकारलाई पटक–पटक खबरदारी गर्दा पनि बेवास्ता गर्दै डोल्मालाई दलबलसहित कोषमा उपस्थित गराई कार्यभार सम्हाल्ने वातावरण बनाइएको थियो । विधिको शासन र कानुनी प्रक्रियाको सुनिश्चितताका लागि नियुक्ति बदरको माग गर्दै दायर गरिएको उक्त रिटको पेसी भोलि ९ गतेका लागि तोकिएको छ ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |