काठमाडौँ : स्थानीय बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य ३५ रुपैयाँले उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले तय गरेको दरभाउअनुसार मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सोमबार सुन प्रतितोला दुई लाख ४७ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै, सोमबार प्रतितोला तीन हजार ११० रुपैयाँ रहेको चाँदी मंगलबार ३५ रुपैयाँले वृद्धि भई तीन हजार १४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |