काठमाडौं : सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस भएका जनक पाण्डेको नाम अनुमोदन गर्ने विषय संसदीय सुनुवाइ समितिमा विवादित बनेको छ। झापाको दमकस्थित सार्वजनिक जग्गा हिनामिना प्रकरणमा उनको परिवारका सदस्यसमेत जोडिएको भन्दै उजुरीकर्ताहरूले नियुक्ति रोक्न माग गरेका छन्।
शुक्रबार सुरु भएको सुनुवाइ प्रक्रियाअन्तर्गत समितिले पहिलो चरणमा उजुरीकर्ताहरूसँग छलफल गरिरहेको छ। उनीहरूले पाण्डेकी श्रीमती माया पुरी पाण्डेसमेत जग्गा प्रकरणमा संलग्न रहेको दाबी गरेका छन्।
उक्त प्रकरणमा माया पुरी पाण्डेसहित उनकी आमा देवरुपा पुरी, भाइ रेवतराज ९गगन० पुरी र गगनकी पत्नी केशावती पुरीविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।
उजुरीकर्तासँगको छलफलपछि समितिले प्रस्तावित न्यायाधीशहरू डा। रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई बोलाएर सुनुवाइ गर्ने कार्यसूची बनाएको छ। न्यायपरिषद्ले गत असोज २० गते उनीहरूलाई सर्वोच्चको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |