काठमाडौं : नेपाली बजारमा सुनको मूल्यमा तीव्र उतारचढाव देखिएको छ। अघिल्लो दिन एकैपटक १३ हजार ३ सय रुपैयाँले बढेको सुन शुक्रबार पुनः ५ हजार ९ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार भने सुनको मूल्य बढेर प्रतितोला २ लाख ८८ हजार ९ सय रुपैयाँ पुगेको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघका अनुसार शुक्रबार चाँदी प्रतितोला ११० रुपैयाँले घटेर ३ हजार ८१० रुपैयाँ कायम भएको छ।
बिहीबार चाँदी प्रतितोला ३ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो दुई दिनको मूल्य उतारचढावले सुनचाँदी बजारमा अस्थिरता देखिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |