काठमाडौँ : एसीसी यू-१९ एसिया कप क्रिकेटमा सेमिफाइनल प्रवेशको सम्भावना कायम राख्न नेपालले आज संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध जित निकाल्नुपर्ने भएको छ। समूह ‘ए’ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले युएईसँग प्रतिस्पर्धा गर्न लागेको हो।
ओमानको अल अमेरातमा हुने खेल नेपाली समयअनुसार बिहान पौने ११ बजे सुरु हुनेछ। दुवै टोली प्रतियोगितामा पहिलो जितको खोजीमा छन्। पहिलो खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको थियो भने युएईले पाकिस्तानसँग ९ विकेटको हार बेहोरेको थियो।
पहिलो खेलको नतिजाका कारण दुवै टोली दबाबमा रहे पनि सेमिफाइनलको दौडमा रहिरहन नेपालका लागि जित अनिवार्यजस्तै बनेको छ।
युएईविरुद्धको विगतको प्रदर्शन भने नेपालको पक्षमा देखिन्छ। पछिल्ला पाँच भेटमध्ये नेपालले चार खेल जितेको छ भने एक खेलमा डकवर्थ–लुइस पद्धतिका आधारमा युएई विजयी भएको थियो।
समूह ‘ए’ कै अर्को खेलमा आज भारत र पाकिस्तान आमनेसामने हुनेछन्। नेपालले समूह चरणको अन्तिम खेल मंगलबार पाकिस्तानसँग खेल्ने तालिका छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |