काठमाडौँ : आगामी स्थानीय तह निर्वाचनको तयारी र संगठन परिचालनलाई मुख्य एजेन्डा बनाउँदै नेकपा एमालेले मंसिर २ र ३ गते हुने राष्ट्रिय भेलाका कार्यक्रमहरू पारित गरेको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले भेलाका एजेन्डा तय गर्नुका साथै मंसिर ५ गतेका लागि निर्धारित केन्द्रीय कमिटी बैठक एक दिनअगाडि सारेर मंसिर ४ गते बोलाउने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
बैठकको निर्णयअनुसार राष्ट्रिय भेलामा शीर्ष नेताहरूले विभिन्न विषयमा पाँचवटा कार्यपत्र प्रस्तुत गर्नेछन् । अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राष्ट्रिय राजनीति, भावी कार्यदिशा र पार्टीले गर्नुपर्ने कामबारे तथा वरिष्ठ नेता विद्यादेवी भण्डारीले समसामयिक राजनीति र पार्टीका विषयमा कार्यपत्र पेस गर्नेछन् ।
त्यस्तै, उपाध्यक्षद्वय रामबहादुर थापाले संसदीय संघर्ष र विष्णु पौडेलले एमालेको कार्यकालमा भएका विकास निर्माणका कामको तथ्यांकसहितको विवरण प्रस्तुत गर्ने कार्यतालिका छ । महासचिवले भने पार्टीको शुद्धीकरण र सुदृढीकरणसम्बन्धी कार्यपत्र पेस गर्ने भट्टले बताए ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |