काठमाडौं : यस वर्षको विजया दशमीको टीका ग्रहण गर्ने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ।
नेपाल पञ्चांग निर्णायक समितिले आज सार्वजनिक गरेको टीका साइतअनुसार, असोज १६ गते बिहीबार बिहान ११:५३ मा टीका ग्रहण गर्नु शुभ मानिएको हो।
त्यसैदिन देवी विसर्जनको साइत भने बिहान ९ बजेर २३ मिनेटमा रहेको समितिले जनाएको छ। यसअघि, दशैंको प्रारम्भ हुने घटस्थापनाको साइत असोज ६ गते सोमबार बिहान ९ बजेर १३ मिनेटमा उत्तम रहेको समितिले स्पष्ट पारेको छ।