


केशव चौलागाईँ
काठमाडौं : ग्लोबल पिस फाउन्डेसन, त्रिभुवन विश्वविद्यालयको हिन्दी विभाग, नेपाल पर्यटन बोर्ड र हिन्दी साहित्य भारती (अन्तर्राष्ट्रिय)को संयुक्त आयोजनामा “नेपाल–भारत सांस्कृतिक संवाद” शीर्षकमा विशेष कार्यक्रम काठमाडौंमा सम्पन्न भयो।
भारतका पूर्व शिक्षामन्त्री डा. रविन्द्र शुक्लाको नेतृत्वमा आएका विश्वविद्यालयका प्राध्यापकहरूको टोली हाल नेपालका धार्मिक स्थलहरूको भ्रमणमा रहेको छ। उक्त टोलीको उपस्थितिमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री गणेश शाहले नेपाल र भारतबीचको सम्बन्धलाई अझ गहिरो बनाउन यस्ता संवादहरू अत्यन्त महत्त्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो।
त्रिभुवन विश्वविद्यालयको हिन्दी विभागकी डा। स्वेता दीप्तीले स्वागत मन्तव्य दिँदै नेपाल र भारतबीचको सम्बन्ध माइतीघर र ससुरालीबीचको सेतु जस्तै रहेको बताउनुभयो।
हिन्दी साहित्य भारती ९अन्तर्राष्ट्रिय०का संस्थापक डा। रविन्द्र शुक्लाले आफ्नो मन्तव्यमा हिन्दी भाषाको विश्वव्यापी महत्त्वबारे चर्चा गर्दै हाल ३७ देशमा उक्त संस्थाले क्रियाशील रूपमा कार्य गरिरहेको जानकारी दिनुभयो। उहाँले हिन्दी भाषाले भारतमा बोलिने विभिन्न भाषाहरूलाई जोड्ने माध्यमका रूपमा काम गरिरहेको उल्लेख गर्नुभयो। सनातन संस्कृतिको मूल मन्त्र “कृण्वन्तो विश्वमार्यम्” ले विश्व एकताको भावना जगाउन सहयोग पुर्याउने बताउनुभयो।
कार्यक्रममा भारतका डा। जयलक्ष्मी, डा। दयानन्द तिवारी, डा। कैलाशलगायतका विद्वानहरूसँगै नेपालका डा। चिन्तामणि नाथ योगी, सूर्य भुषाल, पार्वती भुषाल, विनोद विश्वकर्मा, दामोदर गौतम, डा। रामदयाल राकेश, नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति डा। धनेश्वर नेपाल र डा। माधव पाण्डेसहितका वक्ताहरूले विचार राखेका थिए।
वक्ताहरूले नेपाल–भारत सांस्कृतिक संवाद निरन्तर भइरहनुपर्ने आवश्यकता औंल्याउँदै विगतमा सम्पन्न मुक्तिनाथ–कन्याकुमारी–द्वारका–बद्रीनाथ पदयात्राका स्मृतिहरू पनि साझा गरे।
कार्यक्रमको समापन सत्रमा एमिटी विश्वविद्यालयका निर्देशक डा. सञ्जय कुमार झाले नेपाल र भारत मानव संस्कृतिका संवाहक राष्ट्रहरू भएको बताउँदै दुवै देशले सांस्कृतिक सम्पर्क र सहकार्यलाई विश्वसामु उदाहरणका रूपमा प्रस्तुत गरिरहेको धारणा राख्नुभयो।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |