


काठमाडौं : पार्टीको नियमित महाधिवेशनको विषयलाई लिएर आन्तरिक छलफल चर्किरहेका बेला नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक पुस १८ गते शुक्रबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन आग्रह गरिएको छ।
यसअघि शुक्रबार नै कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको नियमित महाधिवेशन तोकिएको समयभित्र हुन नसक्ने अवस्था आए विशेष महाधिवेशन गर्नुपर्ने धारणा सार्वजनिक गर्दै विज्ञप्ति जारी गरेका थिए।
महामन्त्रीद्वयको विज्ञप्तिपछि बोलाइएको बैठकलाई पार्टीभित्रको भावी कार्यदिशा र महाधिवेशनको विकल्पबारे छलफल गर्ने महत्वपूर्ण मञ्चका रूपमा हेरिएको छ।


हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |