


काठमाडौमा एकपछि अर्को गर्दै मानिस बेपत्ता हुने क्रम बढ्दै गएको छ ।
धनुषाको मुशहरनीया गाउँपालिका वडा नं. ६ मुखियापट्टी घर भई हाल काठमाडौँ बस्दै आएका सिन्टु कुमार यादब बेपत्ता भएका छन् । काठमाडौं महानगरपालिका वडा नं ३० स्थित रातोपुलमा डेरामा बस्दै आएका सिन्टु बेपत्ता भएका हुन । १९ वर्षिय सिन्टु बेपत्ता भएपछि परिवारले प्रहरी वृत्त मालीगाउँमा रिपोर्ट गरेको छ । गत माघ ६ गते दिउँसो करिब ३ बजे देखि सिन्टु घर–परिवारको सम्पर्कमा नआएकाले खोजतलास भइरहेको छ। सिन्टु कुमार काठमाडौंको पुतलीसडक स्थित उर्बाना स्कुल अफ साईन्समा कक्षा ११ मा अध्ययनरत रहेका थिए । सिन्टुको खोजिकार्यमा सहयोग गर्न उसको परिवारले आग्रह गरेको छ । जानकारी प्राप्त भए मोबाइल नम्बर ९८६१२८१४२९ मा सम्पर्क गर्न परिवारको आग्रह छ ।
