


काठमाडौँ : मध्यपूर्वमा इजरायल–अमेरिका र इरानबीचको युद्ध चर्किँदै जाँदा विश्व अर्थतन्त्रमा त्यसको असर देखिन थालेको छ।
इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्सले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग ‘स्ट्रेट अफ हर्मुज’ बन्द गरिएको दाबी गरेको छ। सरकारी टेलिभिजनमार्फत एक अधिकारीले उक्त मार्ग हुँदै आवतजावत गर्ने जहाज रोक्ने र आवश्यक परे निशाना बनाइने चेतावनी दिएका छन्।
अमेरिकी क्षेत्रीय कमाण्डले हर्मुज पूर्ण रूपमा बन्द नभएको जनाएको छ। झन्डै २० प्रतिशत विश्व कच्चा तेल यही मार्ग हुँदै आपूर्ति हुन्छ। तनावपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ८० डलर नजिक पुगेको छ। अवस्था बिग्रिए मूल्य १०० डलरसम्म उक्लिन सक्ने आँकलन छ। ऊर्जा आपूर्ति अवरुद्ध भए एशियाली मुलुकसहित विश्व अर्थतन्त्र नै प्रभावित हुने विश्लेषण गरिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |