


काठमाडौँ : विश्वकप फुटबलमा उपाधि दाबेदार ब्राजिलले विजयी सुरुआत गर्न सकेन । समूह चरणअन्तर्गत न्यु जर्सीमा आज बिहान भएको खेलमा मोरक्कोसँग १–१ को बराबरी खेलेपछि ब्राजिलले अंक बाँड्न बाध्य भएको हो ।
मोरक्कोले २१औँ मिनेटमा इस्माइल साइबारीको गोलमार्फत अग्रता लिएको थियो। ब्राजिलले भने ११ मिनेटपछि खेलमा फर्किने अवसर पायो। ३२औँ मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए।
पहिलो हाफमै दुवै टोलीले एक–एक गोल गरे पनि दोस्रो हाफ गोलरहित रह्यो। दुवै पक्षले केही राम्रा अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न नसक्दा खेल बराबरीमै सकियो।
यस नतिजासँगै ब्राजिल र मोरक्कोले विश्वकपको समूह चरणमा एक–एक अंक बटुलेका छन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |