


काठमाडौँ : भारतीय पक्षले गुणस्तर परीक्षणको विषयलाई लिएर रोकेको नेपाली चिया निकासी पुनः सुरु भएको छ।
हिजोदेखि नेपाली चिया बोकेका गाडीहरू भारतीय बजारतर्फ जान थालेपछि केही सातायता ठप्प बनेको निर्यात सहज बन्ने संकेत देखिएको हो। निकासी अवरुद्ध हुँदा झापाका ३० वटा सीटीसी र इलामका ६५ वटा अर्थोडक्स चिया उद्योग असार १ गतेदेखि बन्द भएका थिए। चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले आवश्यक कागजातका आधारमा भारतले सीमा नाकाबाट चिया प्रवेश गर्न अनुमति दिएको बताए।
उनका अनुसार निर्यात सुरु भए पनि भारतले लागू गर्ने प्राविधिक प्रक्रिया र थप सर्तबारे एक–दुई दिनभित्र थप स्पष्ट हुने अपेक्षा गरिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |