


काठमाडौँ : पेट्रोलियम पदार्थको बिक्रीवितरणमा अवरोध गर्ने पेट्रोलपम्पमाथि सरकारले कडा कारबाही गर्ने भएको छ। नेपाल आयल निगमले विक्रेता विनियमावली संशोधन गर्दै पम्प बन्द गरेर कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीलाई तीनदेखि १० लाख रुपैयाँसम्म जरिवाना तथा १५ दिनसम्म इन्धन आपूर्ति रोक्का गर्ने व्यवस्था गरेको हो।
बुधबार देशभर इन्धन बिक्रीवितरण प्रभावित भएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीको निर्देशनमा निगम सञ्चालक समितिले विनियमावली संशोधन गरेको जनाएको छ। संशोधित व्यवस्थाअनुसार नोजल ‘ड्राइ’ राखी उपभोक्तालाई इन्धन नपाउने अवस्था सिर्जना गर्न पाइने छैन।
पहिलोपटक उल्लंघन गरे तीन लाख रुपैयाँ जरिवाना र पाँच दिन आपूर्ति बन्द गरिनेछ। दोस्रोपटक छ लाख रुपैयाँ जरिवानासहित १० दिन र तेस्रोपटक १० लाख रुपैयाँ जरिवानासहित १५ दिनसम्म पेट्रोल तथा डिजेल आपूर्ति रोक्का गरिने प्रावधान राखिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |