


काठमाडौँ : राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन आयोजना अब थप ढिलाइ हुन नदिने सरकारको प्रतिबद्धता ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले व्यक्त गरेका छन्।
सुर्खेतस्थित आयोजनाको बाँधस्थल र निर्माणाधीन संरचनाको अनुगमनपछि उनले आयोजना समयमै सम्पन्न गर्न आवश्यक समन्वय र पहल तीव्र बनाइने बताएका हुन् । आयोजनाका प्रमुख हरिदत्त पौडेलका अनुसार आयोजना पूरा भएपछि बाँके र बर्दियाका ५१ हजार हेक्टर जमिनमा वर्षभरि सिँचाइ सुविधा पुग्नेछ भने ४६ मेगावाट विद्युत् उत्पादन हुनेछ।
मन्त्री श्रेष्ठले कर्णालीमा देखिएको विद्युत् मिटर अभाव समाधानका लागि माग गरिएका पाँच हजारमध्ये दुई हजार मिटर जडान प्रक्रिया सुरु भइसकेको र बाँकी सात दिनभित्र उपलब्ध गराइने जानकारी दिए।
सुर्खेतको लो-भोल्टेज समस्या समाधानका लागि बजेट विनियोजन भइसकेको र विद्युत् प्रणाली स्तरोन्नतिको काम केही महिनाभित्र सुरु हुने पनि उनले बताए।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |