


काठमाडौँ : साविक विजेता अर्जेन्टिनाले कडा संघर्षपछि केप भर्डलाई ३-२ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान बनाएको छ।
राउन्ड अफ ३२ को खेल निर्धारित समयमा १-१ को बराबरीमा टुंगिएपछि अतिरिक्त समयमा निर्णय भएको थियो। अर्जेन्टिनाका लागि २९ औं मिनेटमा लियोनल मेसीले गोल गर्दै अग्रता दिलाएका थिए। ५९ औं मिनेटमा डेराए डुआर्टेले बराबरी गोल फर्काए। अतिरिक्त समयको ९२ औं मिनेटमा लिसान्ड्रो मार्टिनेजले अर्जेन्टिनालाई फेरि अघि बढाए पनि १०३ औं मिनेटमा सिड्नी लोपेज काब्रालले खेल २-२ बनाए।
अन्ततः १११ औं मिनेटमा मेसीको कर्नरमा क्रिस्टियन रोमेरोको हेड डिनेबाट आत्मघाती गोलमा परिणत भएपछि अर्जेन्टिनाले जित सुनिश्चित गर्यो। पहिलोपटक विश्वकप खेलेको केप भर्डले प्रभावशाली प्रदर्शन गरे पनि अन्तिम ३२ बाट बाहिरियो। अब अर्जेन्टिनाले अन्तिम १६ मा इजिप्टसँग खेल्नेछ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |