


काठमाडौँ : फ्रान्सले किलियन एम्बाप्पेको निर्णायक गोलमा पाराग्वेलाई १-० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा स्थान बनाएको छ।
अन्तिम १६ अन्तर्गतको खेलमा ७०औँ मिनेटमा प्राप्त पेनाल्टीलाई एम्बाप्पेले गोलमा परिणत गर्दै फ्रान्सलाई जित दिलाए। डिजिरे डुएलाई पेनाल्टी क्षेत्रभित्र लडाइएपछि भिएआरको सहायतामा रेफ्रीले पेनाल्टी दिएका थिए। इन्जुरी समयमा एम्बाप्पेका थप दुई प्रहार पाराग्वेका गोलकिपर ओर्लान्डो गिलले रोकेका थिए।
यससँगै एम्बाप्पेको विश्वकप गोल संख्या १९ पुगेको छ। उनी अर्जेन्टिनाका लियोनल मेसीभन्दा एक गोलले मात्र पछि छन्। जारी विश्वकपमा भने उनले सात गोल गर्दै गोल्डेन बुट दौडमा मेसीसँग बराबरी गरेका छन्। अब फ्रान्सले क्वाटरफाइनलमा मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ। मोरक्कोले यसअघि क्यानडालाई ३–० ले हराएर अन्तिम आठमा स्थान बनाएको थियो।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |