


काठमाडौँ : सप्तरीको राजविराज नगरपालिका–११ झलहीस्थित कोशी पम्प नहरको बाँध भत्किएपछि आसपासका खेत डुबानमा परेका छन्। बाँध फुटेपछि नहरको पानी खेतीयोग्य जमिनमा पस्दा करिब दुई बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको स्थानीयले बताएका छन्।
स्थानीयका अनुसार अचानक आएको पानीले खेत जलमग्न बनेपछि किसानले आर्थिक क्षति बेहोर्नुपरेको छ। प्रभावित क्षेत्रको क्षतिको यकिन विवरण भने आउन बाँकी छ।
स्थानीय नेना सचिदानन्द यादवले बाँध भत्किँदा किसानको वर्षभरिको मेहनत जोखिममा परेको भन्दै प्रभावितलाई तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। उनले थप क्षति हुन नदिन भत्किएको बाँध तत्काल मर्मत गरी नहरलाई सुरक्षित बनाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |