


काठमाडौँ : भूमि समस्या समाधान समितिले सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई जग्गा वितरण प्रक्रिया अघि बढाउँदै आवेदनका लागि ३५ दिने सूचना जारी गरेको छ। समितिले सोमबार सार्वजनिक सूचना जारी गर्दै योग्य लाभग्राहीलाई तोकिएको समयभित्र आवेदन दिन आग्रह गरेको हो।
सूचनाअनुसार आवेदकहरूले सम्बन्धित स्थानीय तहका वडामा खटिएका लगत सङ्कलकमार्फत आवेदन पेश गर्नुपर्नेछ। समितिले यसअघि लगत सङ्कलनका लागि दुईपटक सूचना प्रकाशित गरिसकेका पालिकामा यो अन्तिम अवसर हुने स्पष्ट पारेको छ।
समितिका अनुसार तोकिएको अवधिभित्र आवेदन नदिएपछि थप दाबी गर्न कठिन हुने भएकाले सम्बन्धित व्यक्तिलाई समयमै प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ। आवेदनका आधारमा लगत प्रमाणीकरण र आवश्यक प्रक्रिया पूरा गरी जग्गा वितरणको काम अघि बढाइने समितिले जनाएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |